सेञ्चुरी कमर्सियल बैंकको नाफा ७२ करोड २१ लाख, ५४.७७ प्रतिशत बढ्यो

0
Shares

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा खुद नाफा ५४.७७ प्रतिशतले बढाउँदै ७२ करोड २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा बैंकले ४६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी बढेर १५.१२ रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ १२१.१९ रुपैयाँ, खराब कर्जा अनुपात १.३१ प्रतिशत, क्र्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.४३ प्रतिशत, कस्ट अफ फण्ड ६.८२ प्रतिशत, आधार दर ८.८२ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.७८ गुणा छ ।

शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार अनुसार बैंकले पुस मसान्तसम्ममा ९२ अर्ब १९ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब २० करोड ८५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यहि अवधिमा बैंकले ९३ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकले ४५ करोड २६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा गरेको छ ।

पुस मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २९ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिसम्म १ अर्ब २२ करोड ३ लाख रुपैयाँ रहेको थियो । गत आवको पुसमा ६३ करोड ४४ लाख रुपैयाँमा सीमित बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोषको अकार १८.२५ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ सञ्चित थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।