एनसीसी बैंकले कमायो ६ महिनामा ९० करोड माथि खुद नाफा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB) ले चालु आर्थिक वर्षको ६ महिना अवधिमा ९० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ६१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा ४६.६७ प्रतिशतले बढेको हो ।

पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ४४ करोड ४९ लाख १६ हजार रुपैयाँ छ ।

चुक्ता पूँजी ११ अर्ब १३६ करोड ९६ लाख १८ हजार रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५.१५ रुपैयाँ बढेर १६.१७ रुपैयाँ पुगको छ । बैंकको प्रतिसेयर नेटवर्थ१३८.४० रुपैयाँ, खराब कर्जा अनुपात १.३३ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.०१ प्रतिशत, कस्ट अफ फण्ड ७.२१ प्रतिशत, आधार दर ९.१५ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १७.४४ गुणा छ ।

पुससम्ममा बैंकले बैंकले यस अवधिमा १ खर्ब २० अर्ब १३ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ४८ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको निक्षेप १२.६३ प्रतिशत र कर्जा १९.९८ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७१ प्रतिशत र सञ्चालन मुनाफा १६.४६ प्रतिशतले बढेको छ । बैंकले १ अर्ब ७० करोड रुपैयाँ १ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४१ करोड २ लाख सञ्चालन नाफा कमाएको छ । बैंकको इम्पेरिमेन्ट चार्ज २९ करोड ६३ लाखबाट घटेर ६९ लाखमा झर्दा नाफा वृद्धिमा टेवा पुगेको हो ।

बैंकको जगेडा कोषको आकार ३ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ३ अर्ब ४६ करोड ९ लाख रुपैयाँ सञ्चित थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।