लक्ष्मी बैंकको खुद नाफा ८१ करोड ७३ लाख

0
Shares

लक्ष्मी बैंक (LBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८१ करोड ७३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ८० करोड ७१ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा १.२७ प्रतिशतले बढेको हो ।

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५३ करोड १० हजार रुपैयाँ छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यही अवधिसम्म बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी खुद व्याज आम्दानी पनि ६.०८ प्रतिशत बढेर १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन मुनाफा ०.२१ प्रतिशतले घटेर १ अर्ब १३ करोड १९ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब १३ करोड ४३ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार ९.०६ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड रुपैयाँको खुम्चिएको छ । गत आवको यसै अवधिसम्म जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित थियो ।

चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ रहेको बैंकको नाफा सामान्य बढ्दा वार्षिक प्रतिसेयर आम्दानी १५.०९ बाट घटेर १४.१५ रुपैयाँमा कायम हुँदा प्रतिसेयर नेटवर्थ १४६.२४ रुपैयाँ, कस्ट अफ फण्ड ६.५४ प्रतिशत, पीई रेसियो २१.६२ गुणा छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.८३ प्रतिशत, बैंकको आधार दर ८.७४ प्रतिशत, र सीडी रेसियो ८८.८६ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।