प्रभु बैंकको नाफा घट्यो, ६ महिनामा कमायो सवा १ अर्ब

0
Shares

प्रभु बैंक (PRVU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा नाफा कमाएको छ । गत आवको ६ महिनामा १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा १६.९० प्रतिशतले घटेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा पनि ४६.३७ प्रतिशतले घटेर ५३ करोड ६१ लाख ८७ हजार रुपैयाँमा झरेको छ ।

चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकको बैंकको प्रतिसेयर आम्दानी ६.९१ रुपैयाँ घटेर १९.८६ रुपैयाँमा संकुचित बनेको छ । जगेडा कोषमा ४ अर्ब ८३ करोड ६ लाख रुपैयाँ सञ्चित बैंकको प्रतिसेयर नेटवर्थ १४३.५४ रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ०.७६ प्रतिशतले घटेर १ खर्ब ६३ अर्ब ५९ करोड ८७ लाख रुपैयाँमा झरेको छ भने कर्जा लगानी ५.३४ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब ३३ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले २ अर्ब ८२ करोड ५० लाख खुद ब्याज आम्दानी र १ अर्ब ८६ करोड ८१ लाख सञ्चालन नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेको बैंकको सञ्चालन नाफा भने १३ प्रतिशत घटेको हो ।

बैंकको खराब कर्जा अनुपात १.२३ प्रतिशत, कस्ट अफ फण्ड ६.१६ प्रतिशत, आधारदर ८.६८ प्रतिशत सिडी रेसियो ८१.९० प्रतिशत र मूल्य आम्दानी अनुपात १६.८७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।