नेपाल एसबीआई बैंकको खुद नाफा ५२ प्रतिशतले बढ्यो

0
Shares

नेपाल एसबीआई बैंक लिमिटेड (SBI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले कमाएको यो नाफा गत आवको यसै अवधिको तुलनामा ५२.०३ प्रतिशत धेरै हो । गत आवको दोस्रो त्रैमासम्ममा बैंकले ५१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९८ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रुपैयाँ बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६.४९ रुपैयाँ छ । जगेडा कोषमा ५ अर्ब ५७ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६९.०८ रुपैयाँ छ ।

बैंकले दोस्रो त्रैमासम्मममा १ खर्ब १२ अर्ब ८९ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले १ खर्ब ६ अर्ब २३ करोड निक्षेप संकलन गरी ९६ अर्ब ९५ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ७१ करोड ४८ लाख ५६ हजार रुपैयाँ कायम भएको छ भने सञ्चालन नाफा १ अर्ब ११ करोड ११ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी १ अर्ब १८ करोड १ लाख ४१ ह्जार रुपैयाँ र सञ्चालन नाफा ७३ करोड ३१ लाख ५८ हजार रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ४५.३० प्रतिशत र सञ्चालन नाफा ५१.५५ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकको खराब कर्जा घटेर ०.१४ प्रतिशतमा सुधारिएको छ । बैंकको कस्ट अफ फण्ड ५.५४ प्रतिशत, आधारदर ८.९५ प्रतिशत, सिडी रेसियो ९५.०६ प्रतिशत र मूल्य आम्दानी अनुपात २३.२८ गुणा र स्प्रेडदर ३.१३ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।