सुनचाँदीको मूल्य सोमबार स्थीर, कतिमा हुँदैछ काराेबार ?

0
Shares

सुनचाँदीको मूल्य नेपाली बजारमा सोमबार स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम गरिएको छ ।

सुनचाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा काराेबार भएको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८३७ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.१९ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० माघ २०७८, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।