विद्युतीय सवारी निर्माणमा रेनल्ट, निशान र मितसुवीसुले सहकार्य गर्दै

0
Shares

विद्युतीय कारहरुको बढ्दो मागलाई सम्बोधन गर्दै अटोमेकर कम्पनी रेनल्ट, निशान र मितसुवीसुले सहकार्य गर्ने भएका छन् ।

फ्रान्सेली अटोमेकर कम्पनी रेनल्ट, जापानी अटोमोबाइल कम्पनी निशान र मिटसुविसुले विद्युतीय सवारी निर्माणमा कुल २० बिलियन युरो (अर्थात् २३ बिलियन अमेरिकी डलर) लगानी गर्ने भएका छन् ।

यसरी दुई मुलुकका अटोमोबाइल कम्पनीहरुले गरेको सामूहिक लगानीमा फ्रान्स, बेलायत, चीन र जापानमा २२० गिगाहट पावरको ब्याट्री उत्पादन गरिने छ ।

यस सहकार्यले सन् २०३० सम्ममा ३० भन्दा धेरै मोडलका नयाँ विद्युतीय कारहरु उत्पादन गर्ने रोयटर्सले बताएको छ ।

विश्वभरी विद्युतीय सवारी साधनहरुको प्रयोग बढिरहेको छ । वातावरण मैत्री मानिने विद्युतीय सवारी साधन निर्माणमा संसार भरका अटोमेकर कम्पनीहरुले लगानी गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।