देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दैछ :प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताए ।

संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै र विभिन्न स्थानमा बाटोको शिलान्यास तथा उद्घाटनसँगै आयोजना सम्पन्न हुँदै जाने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “काम सम्पन्न भएर देश अगाडि बढेको कुराले तस्वीर आफैँ बोल्छ भने झैँ परिणाम आफैँ बोल्छ, व्यवहारबाट जवाफ मिल्छ, त्यस कारण हामीले धेरै कुरा बोलिरहनु पर्दैन ।”

बुधबार सांसद भवन शिलान्यास गरेर महत्वपूर्ण पाइला अगाडि बढाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री निवासको भवन आफ्ना लागि बन्न लागेको भनेर नबुझ्न आग्रह गरे । उनले आलोचना गर्न बानी परेकाले जस्तो काम गरे पनि आलोचना गर्न नछाड्नेसमेत जिकिर गरे ।

प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्नेलाई आफ्नो पाना पल्टाएर हेर्दा पनि अप्ठ्यारो नलाग्ने गरी आलोचना गर्न सुझाव दिए । “कतिपय सञ्चारमाध्यममा देखेँ, संसद् भवन किन बनाउन लागेको यत्रो खर्च लगाएर भनेर, संसद् भवन पनि चाहिने, सित्तैमा पनि हुनुपर्ने कसरी होला रु” प्रधानमन्त्रीको प्रतिप्रश्न गरे।

प्रधानमन्त्री निवास भवन निर्माण सम्पन्न हुँदा नहुँदै आफ्नोे कार्यकाल सकिने उल्लेख गर्दै उनले आफू ४१औँ प्रधानमन्त्री भएको र भवन आगामी ४२औँ प्रधानमन्त्री आउँदा पनि बस्न सक्ने गरी बन्न लागेको बताए ।