रतन टाटाको टिसिएस संसारकै उत्कृष्ट आइटी कम्पनीको सूचीमा

0
Shares

उद्योगपति रतन टाटाको टाटा कन्सल्टेन्सी सभिर्सेस (टिसिएस) संसारकै उत्कृष्ट आइटी कम्पनीको सूचीमा परेको छ ।

ब्रान्ड फाइनान्स २०२२ ग्लोबल ५०० को रिर्पोट अनुसार टिसिएस एसेन्चर पछिको दोस्रो उत्कृष्ट आइटी कम्पनी घोषीत भएको छ । एसेन्चर कम्पनी अमेरिकी आइटी कम्पनी हो ।

जसको ब्रान्ड भ्यालु २६ बिलियन डलर रहेको छ। त्यसैगरी टिसिएसको ब्रान्ड भ्यालु सन् २०२२ मा १६.७८६ बिलियन पुगेको छ ।

त्यसैगरी इन्फोसीस तेस्रो स्थानमा स्थापित भएको छ भने आइटी सेवा प्रदान गर्ने कम्पनीहरुमा सबैभन्दा द्रुत गतिमा विकास हुने कम्पनीको सूचीमा परेको छ। सन् २०२० को तुलनामा इन्फोसिसको ब्रान्ड भ्यालु ८० प्रतिशतले वृद्धि भई १२.८ बिलियन डलर भएको छ ।

रिर्पोटका अनुसार चौथो स्थानमा आइबीएम रहेको छ जसको ब्रान्ड भ्यालु ८.४ बिलियन रहेको छ ।

भारतीय जनताहरुको डिजिटल दुनियाँसँगको लगाव र उनीहरुले आइटी कम्पनीहरुमाथि गरेको विश्वासका कारण भारतीय आइटी कम्पनीहरु संसारकै उत्कृष्ट श्रेणीमा उभिन सफल भएको इन्फोसिसका प्रमुख कार्यकारी अधिकृतले सलिल पारेखले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।