खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य घट्यो

0
Shares

सरकारले असोज ३ गते शुक्रबार रातीदेखि लागू हुनेगरि  खाना पकाउने एलपीजी ग्याँस र हवाई इन्धन (वाह्य) को मूल्य घटाएको छ। नेपाल आयल निगमको असोज २ गतेको निर्णय बमोजिम मूल्य घटाइएको हो।

नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार हवाई इन्धन वाह्य प्रतिकिलो लिटर ५० डलर घटाएको छ भने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाइएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धनका प्रतिकिलो लिटर १ हजार रुपैयाँ र ग्याँस १ हजार ३५० रुपैयाँ कायम गरिएको छ।

यसअघि प्रतिलिटर पेट्रोल र डिजल र मट्टितेलमा २/२ रुपैयाँले घटाएको निगमले हाल पेट्रोल र डिजल र मट्टितेलको मूल्य भने यथावत राखेको छ।