जोशी हाइड्रोपावरले स्थगित सभा फागुन ११ गते आह्वान

0
Shares

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (JOSHI) ले यसअघि गणपूरक संख्या नपुगेर स्थगित भएको तीन आर्थिक वर्षको साधारण सभा फागुन ११ गते आह्वान गरेको छ ।

कम्पनीले लिसारा हल नक्साल काठमाडौंमा बिहान साढे ११ बजे आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा बोलाएको हो ।

कुनै पनि लाभांश वितरण प्रस्ताव नगरिएको सभाले तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना गरी पाँच जना सञ्चालकको निर्वाचन हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुकक्लोज गरिसकेको छ । यसअनुसार पुस २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

कम्पनीले माघ ३ गते आह्वान गरेको साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  १२ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।