चीप अभावको समस्या समाधान गर्न इज्रायली चीपमेकर कम्पनी किन्दै इन्टेल

0
Shares

अमेरिकी बहुर्राष्ट्रिय सूचना प्रविधि कम्पनी कम्पनी इन्टेलले इज्रायलको चीपमेकर टावर सेमिकन्डकटर कम्पनी खरिद गर्ने भएको छ ।

चीप उत्पादन सङ्ख्या वृद्धि गरी विश्व बजारमा व्याप्त चीप अभावको समस्या समाधान गर्ने उद्देश्यले इन्टेलले उक्त कम्पनी किन्ने भएको हो ।

इन्टेलले चीपमेकर टावरको सेयर प्रतिकित्ता ५३ डलरमा खरीद गरेको छ । नासदाक इन्डेक्सका अनुसार सोमबार बजार बन्द हुँदा चीपमेकर टावर सेमीकन्डकटरको मूल्य प्रति कित्ता ३३.१३ डलर रहेको थियो ।

इन्टेल र टावरबीचको सम्झौता १ वर्ष भित्रमा टुङ्गिने भनिएता पनि दुवै पक्षबाट सहमति हुँदा एक्वीजिसनको काम अघि बढेको हो । सम्झौता स्वीकृत भए पनि टावरका शेयर सदस्यहरुको मञ्जुरी भने आइसकेको छैन ।

इन्टेल र चीपमेकर टावर सेमिकन्डकटरबीच एक्वीजिसन हुने जानकारी बाहिरीएपछि टावरको शेयर ४८ प्रतिशतले वृद्धि भएको छ ।

यस अघि इन्टेलले चीप प्लान्ट निर्माणको लागि अमेरिकाको ओहिओ सहरमा २० बिलियन अमेरिकी डलर लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।