सुनको भाउ प्रतितोला १ लाख बढी हुनसक्ने, यसकारण बढ्दै छ मूल्य

0
Shares

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । केही दिन यता सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आइरहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा तुलनामा सुनको मूल्य सामान्य घटेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला सुनको मूल्यमा आएको उछालले अलमलमा परेका छन् ।

फागुन महिनामा विवाहको लगन एक दिन मात्र छ । फागुन ६ गते । नेपाली समाजमा विशेषगरी विवाहका लागि सुन अत्यावश्यक भएकाले यस समयमा सुनको कारोबार पनि अत्याधिक हुने गर्दछ ।

तर अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि विवाहका लागि सुन किन्ने तयारीमा रहेकाहरु यति बेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।

लगातार बढेको सुनको मूल्यलाई हेर्दा गत शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्यमा आइतबार एकै दिन १ हजार ५०० रुपैयाँले बढेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भयो । सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार एकैदिन १ हजार २०० रुपैयाँले बढेको हो ।

यसरी मूल्य बढ्दै जाँदा सुनको मूल्यले तत्कालै १ लाख नाघ्न सक्ने महासंघका महाससिचव धर्म रत्न शाक्य बताउँछन् । “विज्ञहरुले भने अनुसार नेपाली बजारमा सुनको मूल्य एकलाख सम्म पुग्न सक्ने सम्भावना तत्कालै देखिन्छ ।” शाक्यले भने“भोलीका दिनमा रसिया र युक्रेन बिच वार हुँदैन भन्ने कुरा प्रुफ हुन सक्यो भने घट्छ नत्र भने नेपालमा पनि एक लाख या त्यो भन्दा माथी जाने सम्भावना देखियो।”

अहिले बजार दैनिक ३५ किलो सुनको माग हुँने गरेको छ । भने नेपालमा औपचारिक रुपमा दैनिक २० किलो सुन आयात हुन्छ ।

यसकारण बढ्दै छ मूल्य

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुनको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुनको कारोबार मूल्य तोक्दै आएको छ ।
यसर्थ नेपालमा अन्तराष्ट्रिय देशहरुमा भएका विभिन्न दुई कारणले बढेको महासचिव शाक्यले बताएका छन् ।

रसियाले युक्रेनलाई आक्रमण गर्ने हल्ला र अमेरीकाको केन्द्रीय बैंक फेड्रल रिजर्भ बैकले व्याजदर बढाउने हल्ला चलायो तर बढाएन । यसकारण विश्वभरी नै सुनमा लगानी गर्ने लगानी कर्ता बढेकाले नेपाली बजारमा पनि त्यसको असर परेको हो ।

त्यस्तै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठले अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि बढेको बताए ।
“मेरो बिचारमा युक्रेन, रसिया र अमेरीकाको वारको सम्भावनाले बढेको हो ।” श्रेष्ठले भने“लडाइ भयो भने अझै बढ्छ । लडाइ नहुने भयो भने घट्न सक्छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।