कोभिड–सम्बन्धी परामर्शका लागि डाँफे केयर नेपालले ल्यायो निःशुल्क हटलाइन सेवा

0
Shares


विगत लामो समय देखि कोभिड संक्रमण तथा यसबाट बच्ने उपायहरुको बारेमा सेवा सुविधा प्रदान गर्दै आइरहेको डाँफे केयरले निःशुल्क परामर्श सेवा दिने भएको छ ।

यस संस्थाले कोभिड संक्रमण तथा कोभिड भएपछि आवश्यक पर्ने परामर्श सुविधाको लागि कोभिड हटलाइन नम्बर लन्च गरेको छ । यस सुविधा मार्फत कोभिड बिरामीहरुले घरमै बसेर स्वास्थ्य परामर्श लिन सक्ने छन् ।

यसका अत्तिरिक्त यदि कसैलाई ज्वरो आउने, रुघा–खोकी लाग्ने, स्वाद वा बास्ना थाहा नपाउने, घाँटी खस–खस हुने, छाती दुख्ने, टाउको दुख्ने, छिटोछिटो श्वास फेर्ने, एक वाक्य पूरा गर्न नसक्ने जस्ता समस्याहरु सम्बन्धी परामर्श पनि दिने छ ।

६० भन्दा धेरै विशेषज्ञहरु रहेको यस संस्थाले फिजियोथेरापी, कार्डियोलोजी, मानसिक स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।