ग्लोबल आइएमई बैंक लिमिटेडले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी सुविधा उपलब्ध गराए बापत ग्राहकबाट प्रतिआवेदन १५ रुपैयाँ सि-आश्वा शुल्क लिने भएको छ ।
यसअघि निःशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले फागुन ४ गतेदेखि सिआस्वा शुल्क बापत १५ रूपैयाँ शुल्क असुल्ने भएको हो ।
बैंकले एक सूचना जारी गर्दै फागून ४ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरिएको जनाएको छ ।
धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मा बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सो भन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था छ ।
तीव्र प्रतिस्पर्धा र बैंकहरुबाट निक्षेप बाहिरिने क्रम रोक्न यसअघि एक सय रुपैयाँसम्म शुल्क लिने बैंकहरुले निशुल्क सि आश्वा उपलब्ध गराएका थिए । तर पछिल्लो समय आईपीओ प्रति लगानीकर्ताहरूको बढ्दै क्रेजका कारण आवेदक २५ लाख रुपैयाँ नाघिसकेको छ ।
आवेदक बढ्दै जान थालेपछि बैंकहरुले निः शुल्क रहेको सि आश्वालाई सेवालाई शुल्कसहित सेवा उपलब्ध गराउन थालेका हुन् ।
अझैपनि राष्ट्रिय वाणिज्य बैंक नबिल बैंक, , एनआईसी एशिया बैंक र मेगा बैंकले आफ्ना ग्राहकलाई निःशुल्क सेवा प्रदान गर्दै आइरहेका छन् भने स्ट्याण्डर्ड चार्टड बैंकले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिने गरेको छ । अन्य बैंकहरुले १० देखि २५ रुपैयाँसम्म शुल्क लिँदै आइरहेका छन् ।
अत्याधिक आवेदनका कारण धेरै पटक आईपीओ नपर्ने तर बैंकहरुले लगानीकर्ताहरूबाट प्रत्येक आवेदनमा शुल्क असुल्न थालेपछि लगानीकर्तामा थप आर्थिक भार थपिएको छ ।
कतिपय लगानीकर्ताले सेयर परे मात्र सी आस्वा शुल्क लिनुपर्ने भन्दै हरेक पटक शुल्क लिनु जायज नभएको गुनासो गरेका छन् । यद्यपी बैंकहरुले आईपीओ आवेदक अत्याधिक हुन थालेपछि सि आश्वा शुल्कलाई पनि आम्दानीको स्रोत बनाउन थालेका छन् ।
उच्च आवेदकका कारण सि आश्वा शुल्क तिरेर सेयर भरेपनि आईपीओ पाउन भने भाग्य कै भर पर्नुपर्ने अवस्थामा छ । आवेदन दिने लगानीकर्ताहरुको संख्या बढेसँगै गोलाप्रथाबाट १० कित्ता सेयर मुस्किलले सीमित लगानीकर्ताले मात्र पाउने गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया