स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) को ८५ लाख ७२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सूचीकृत भएको छ ।
नेप्सेका अनुसार बैंकको चार्टर्डले गत आव २०७७/७८ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ८५ लाख ७२ हजार २३० दशमलव ८१ कित्ता बोनस सेयर सेयर सूचीकृत भएको हो ।
स्ट्याण्डर्ड बैंक लिमिटेडको मंसिर २८ गते सम्पन्न भएको साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर सहित ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश अनुमोदन गरेको थियो ।
बुधबार सूचीकृत भएको उक्त बोनस सेयर सम्बन्धीत लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १० गते शुक्रबार बुकक्लोज गरेको थियो । यसअनुसार मंसिर ९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र बैंकको उक्त बोनस सेयर पाउनेछन् । बैंकले नगद लाभांश भने यसअघि नै आईपीएस मार्फत सम्बन्धीत सेयरधनीको बैंक खातामा पठाइसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया