धौलागिरी लघुवित्तको आइपीओको प्रत्याभूति प्रभु क्यापिटलले गर्ने

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको प्रत्याभूति प्रभु क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

लघुवित्त कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति फागुन ४ गते बुधबार सम्पन्न भएको हो ।

सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।

बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, नगर टोलमा प्रधान कार्यालय अवस्थित यस संस्थाले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७८, बुधबार  १८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।