भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो, निगमको पाक्षिक घाटा साढे २ अर्ब

0
Shares

नेपाल आयल निगमका अनुसार भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । बुधबार प्राप्त मूल्य सूची अनुसार आईओसीले भाउ बढाएर पठाएको निगमले जनाएको छ।

निगमका अनुसार आईओसीले फागुन ४ मा प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ९५ पैसाले मूल्य बढाएर पठाएकोे छ। निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँभन्दा धेरैले बढेर आएको जनाएको छ।

निगमका अनुसार बुधबार प्राप्त मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ ६१ पैसाले बढेर भारतबाट आएको छ। त्यस्तै डिजेल पनि प्रतिलिटर ५ रूपैयाँ ६२ पैसा र हवाई इन्धन प्रतिलिटर ४ रुपैयाँ ९५ पैसाका दरले बढेर आएको निगमले जनाएको छ।

यो मूल्य अनुसार अब निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको छ। यद्यपि निगमले तत्कालै मूल्य वृद्धिको निर्णय भने लिइसकेको छैन।

गत माघ १८ मा समायोजन गरेयता निगमले पेट्रोलियमको भाउ बढाएको छैन। पछिल्लो समायोजनयता लिटरको पेट्रोल १४२ रुपैयाँ, डिजेल/मट्टितेल १२५ रुपैयाँ, हवाई इन्धन ११६ रुपैयाँ र एलपी ग्यास सिलिन्डरको १५७५ रुपैयाँ छ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।