आइएमई जनरल इन्स्योरेन्सको हकप्रद फागुन २२ गतेदेखि

0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) ले फागुन २२ गतेदेखि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता अनुपातमा४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले जारी गर्ने एक सय रुपैयाँ अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रदमा माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो ।

धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर मोबाइल एप सफ्टवेयर, वेवसाइट तथा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । हकप्रदमा चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  ०९ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।