सुनको मूल्य तोलामा १ हजारले बढ्यो, यस्तो छ बजार मूल्य

0
Shares

सुनको भाउ बिहीबार नेपाली बजारमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९५ हजार १०० रुपैयाँ र तेजावी सुन ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८७४डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.५४ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।