कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना सञ्चालनमा

0
Shares

नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोषबीच कृषिको समावेशी रुपान्तरणका लागि मुल्य श्रृंखला परियोजना संचालन शुभारम्भ गरिएको छ । राजश्व सचीव कृष्णहरी पुस्करले ठमेलको एलोफ्ट होटलमा बुधबार एक कार्यक्रमका बीच विधिवत शुभारम्भ गरेका हुन ।

हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रुपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरि श्रोत संकलन मार्फत कृषि क्षेत्रमा वित्तिय सहयोग पुर्याउदै आएको कृषि विकास बैंकलाई नेपाल सरकार मार्फत आईएफएडिबाट करीब ८० मिलियन अमेरीकी डलर वित्तिय ऋण सहयोग उपलब्ध हुनेछ ।

यस भिटा कार्यक्रम देशका ५ वटा प्रदेशको विभिन्न जिल्लाहरुमा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रर्वद्धन योग्य र केहि कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंक लाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै राजश्व सचीव कृष्णहरी पुस्करले यस किसिमको सहयोगले साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा यस क्षेत्रको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्र्पर्धात्मक विकास हुने अपेक्षा गर्दै यस कार्यक्रमले प्रत्यक्ष रूपमा एक लाख विसहजरा साना कृषक परिवारहरु विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविको पार्जनमा सुधार गर्ने बताए ।

उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागतगर्दै बैंकका प्रमुखकार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दात्तृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढंगबाट कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मुल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने प्रतिवद्धता व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।