आत्मनिर्भर लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
गत आवको यसै अवधिको तुलनामा चालु आवको दोस्रो त्रैमासमा आत्मनिर्भर लघुवित्तले गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत र स्वस्तिक लघुवित्तले ३५.४१ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।
पुस मसान्तसम्ममा आत्मनिर्भर लघुवित्तले ४ करोड ७९ लाख रुपैयाँ तथा स्वस्तिकले ८६ लाखभन्दा बढी खुद नाफा कमाएको छ । गत आवको यसै अवधिसम्म गत आवको दोस्रो त्रैमाससम्ममा आत्मनिर्भर लघुवित्तले ३ करोड ३६ लाख तथा स्वस्तिक लघुवित्तले ६४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
यस अवधिमा आत्मनिर्भर लघुवित्तको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ, जगेडामा १५ करोड २१ लाख सञ्चित छ । स्वस्तिकको चुक्ता पूँजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ, जगेडा कोषमा २ करोड ५१ लख सञ्चित छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया