लुम्बिनी विकास बैंक (LBBL) ले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट वितरण गरेको बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सेयरधनीदर्ता पुस्तिका बन्द हुँदाको मिति (मंसिर २७ गते) सम्म अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको हितग्राही खातामा फागुन १ गतेदेखि बोनस जम्मा गरिदिएको हो ।
बैंकको पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयरधनीको हितग्राही खातामा जम्मा भएको हो । सभाले बोनस सहित कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ रहेको बैंकको बोनस वितरणपछि ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५११ रुपैयाँ पुग्नेछ ।
बैंकको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया