नेशनल लाईफ इन्स्योरेन्सले डाक्यो ३३ औं एजिएम, बुकक्लोज कहिले ?

0
Shares

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले फागुन २९ गते आइतबार कम्पनीको ३३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको फागुन ५ गते, बिहीबार बसेको सञ्चालक समितिको ४६२ औं बैठकले गरेको निर्णय अनुसार कम्पनीको ३३ औं वार्षिक साधारण सभा फागुन २९ गते, आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, नेशनल लाईफले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २२ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज मिति अनुसार फागुन १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  १९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।