सहकारीको सिद्धान्त, मूल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको सहकारी विभागलाई निर्देशन

0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडि बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छिन् ।

नयाँबानेश्वर स्थित सहकारी विभागको बिहीबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउदै जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी हुन् ।

उनले भनिन् “धेरै सहकारीहरुले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै गइरहेको अवस्थामा समयमा नै समस्या पहिचान गर्नुस त्यसको समाधानका लागि मन्त्रालय तयार छ । ”

मन्त्री श्रेष्ठले नियमित रुपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्याङ्क लिनु पर्ने, सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने, सहरकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नती गर्नुपर्ने र संघीयताको मर्म अनुसार आ–आफ्नो क्षेत्राधिकार भित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्नुपर्नेमा जोड समेत दिइन् ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै त्यसमा विभागले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रमा रहेका समस्या समाधानका लागि आफुले पहल शुरु गर्ने र सहकारीको नियमन, प्रवद्र्धन र प्रशिक्षणलाई जोड दिएर कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।