मुक्तिनाथ विकास बैंकको बोनस सेयर वितरण

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को बोनस वितरण गरिएको छ ।

बैंकको गत मंसिर २५ गते सम्पन्न भएको पन्ध्रौं वार्षिक साधारण सभाले पारित गरेको १७.५७५ प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा फागुन २ गतेदेखि जम्मा गरिएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि गरेको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा सेयर जम्मा गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मुक्तिनाथ विकास बैंकले मंसिर १५ देखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबारदिन अर्थात मंसिर १४ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्रै बोनस प्राप्त गर्नेछन् ।

चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ बैंकको बोनस पारित गरेपछि ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ चुक्ता पूँजी पुगेको छ

बैंकको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।