टेस्लाका कारहरुको माइलेज सम्बन्धी विज्ञापन भ्रामक भएपछि परिर्वतन गरिदैँ

0
Shares

दक्षिण कोरियामा रहेको टेस्ला युनिटले निर्माण गरेको मोडल–३ कारहरुको माइलेजको विज्ञापन भ्रामक भएको पुष्टि भएपछि उक्त कारहरुको विज्ञापन परिवर्तन गरेको छ ।

दक्षिण कोरियाली अनियमितता नियामक कोरिया फेयर ट्रेड कमिसन (केएफटीसी)ले गरेको अध्ययनमा टेस्लाको मोडल ३ गाडीहरुको ब्याट्रीहरुको बारेमा बढाइचढाइ विज्ञापन गरेको पाएको थियो ।

जसमा लेखिएको थियो, एक पटक चार्ज गरेपछि ५२८ किलोमिटर भन्दा लामो दूरीको यात्रा गर्न सकिने । उक्त विज्ञापन अहिले परिवर्तन गरेर एक पटक चार्ज गरेपछि उच्चतम ५२८ किमी दूरीको यात्रा गर्न सकिने बनाएको छ ।

यसै विज्ञापनलाई लिएर केएफटीसीले अमेरिकी विद्युतीय सवारी निर्मातालाई प्रतिवेदन पठाएको छ । प्रतिवेदनमा केएफटीसीले केही अमेरिकी विद्युतीय कार निर्माताहरुले निष्पक्ष लेब्लिङ तथा विज्ञापन ऐन उल्लङ्घन गरेको बताएको छ ।

केएफटसिीको उक्त प्रतिवेदनलाई उद्धृत गर्दै केही विशेषज्ञहरुले जाडोको समयमा ब्याट्रिको माइलेज स्वतः घट्ने बताएका छन् ।

दक्षिण कोरियाली नियामक केएफटीसीको यस प्रतिवेदनले ग्राहकहरुको रुचि र टेस्ला प्रतिको लगावमा कुनै फरक नपर्ने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।