नेपालबाट सबैभन्दा धेरै परिमाणमा निर्यात हुने वस्तुमा धागो दोस्रो

0
Shares

पछिल्लो दुई आर्थिक वर्षमा नेपालबाट सबैभन्दा धेरै परिमाणमा निर्यात हुने नेपाली उत्पादन मध्ये नेपाली कच्चा धागो दोस्रो नम्बरमा रहेको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा ८ अर्ब ४२ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको धागो नेपालबाट निर्यात भएको थियो । 

यस्तै आर्थिक वर्ष ०७५/०७६ मा नेपाली धागोको निर्यातदर १६.१ प्रतिशतले बढेर ९ अर्ब ७७ करोड ६१ लाख ६५ रुपैयाँ पुगेको निर्यात प्रर्वद्धन केन्द्रले जनाएको छ ।

नेपालबाट निर्यात भएको धागोको प्रमुख बजार हिस्सा भारत नै भएको नेपाल धागो उत्पादक संघले जनाएको छ ।

संघका अध्यक्ष सचिव उत्तम प्रसाद गौतमका अनुसार सरकारले नेपाली धागोलाई संरक्षणको नीति लिदां नतिजा देखिएको बताउँछन् । गौतमकाअनुसार आर्थिक वर्ष ०७४/०७५ मा सरकारले नेपाली कच्चा धागो निर्यातमा तीन प्रतिशत अनुदान दिने नीति लिए पछि व्यवसायीहरु उत्साहित भएका हुन् ।

नेपाली धागोबाट निर्मित वस्तुहरुले उचित बजार नपाए पनि धागो निर्यातको अवस्थाबाट आफूहरु सन्तुष्ट बनेको सचिव गौतमले बताए । सधै भरी निर्यात नै गरिरहने भन्दा पनि नेपालमा काँचो धागोबाट प्रयोग गर्न लायक धागो उत्पादन गर्ने टेक्सटायल फ्याक्ट्री बढाउन तर्फ सरकारको ध्यान जानु पर्ने नेपाल धागो उत्पादक संघको धारणा छ ।