सयौंको सङ्ख्यामा कारहरु बोकेको पानीजहाजमा आगलागी

0
Shares

सयौं विलासी कारहरु बोकेको पानीजहाजमा आगजनी भएको छ । एमडेन जर्मनबाट अमेरिका जाँदै गरेको जहाज पर्चुगलको एजोर्स आइल्यान्डको कोष्टमा पुग्दा आगलागी भएको रोयटर्सले बताएको छ ।

पानामा ध्वजावाहक जहाजले फोक्सवागन, र्पोश्चे, अउडी, बेन्टली र लाम्बरगीनी ब्रान्डका कुल ३हजार ९७५ कारहरु बोकेको थियो । पोर्चुगल न्याभीका अनुसार जहाजमा सवार मानिसहरु सकुशल रहेका छन् भने कारहरु के–कति क्षतिग्रस्त भएको छन् भन्ने विवरण आउन बाँकी नै छ ।

सीमापार व्यापारिक तथा ढुवानी विवादहरूमा विशेषज्ञता हासिल गरेका जेम्स टर्नरका अनुसार विद्युतीय समस्या तथा गडबडीका कारण आगलगी हुन सक्ने बताएका छन् ।

बुधबार लागेको आगो निन्त्रणमा भएपनि पूर्ण रुपले निभाउन बाँकी रहेको र्होता र्पोटका क्याप्टेनले जानकारी दिएका छन् । टर्नरका अनुसार लिथियम आयन ब्याट्री भएका विद्युतीय सवारी साधन उक्त जहाजमा भए आगो निभाउन विशेषज्ञ दमकलको आवश्यकता पर्ने छ ।

सवारीसाधन वाहक जहाजहरू प्रायः बहुतले कारपार्कजस्तै संरचनामा बनाइने र कार्गो नोक्सानी कम होस् भनी प्रत्येक तलाको बीचमा सिल गरिने गरेको टर्नरले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।