जीवन विकास लघुवित्तको बम्पर लाभांश प्रस्ताव

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले सेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।

लघुवित्तको फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कुल ७३।६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव दामोदर रेग्मीले जानकारी दिए ।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांशनियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बोनसपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७८, आइतबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।