नेपाल पुनर्बीमाले थाल्यो नगद लाभांश वितरण

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) ले छैटौं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण थालेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट क्यापिटल मार्फत कम्पनीले आइतबारदेखि नगद लाभांश वितरण गर्न थालेको हो ।

कम्पनीले छैटौं वार्षिक साधारण सभाका लागि बुकक्लोज गरेको मितिसम्म सेयर अभौतिक गराएका सेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा आईपीएस मार्फत नगद लाभांश वितरण थालेको हो ।

सभाबाट पारित भएको चुक्ता पूँजीको २.५० प्रतिशत नगद लाभांशबाट कम्पनीले बोनस र नगद लाभांश वापतको पाँच प्रतिशत कर कट्टी गरी आईपीएस प्रणाली मार्फत सेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा सोझै रकम जम्मा गर्न थालेको हो ।

कम्पनीको गत पुस २२ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस सेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश अनुमोदन गरेको थियो । सभाबाट पारित भएको बोनस लाभांश भने नेप्सेमा सूचीकृत भएरपछि लगानीकर्ताको डिम्याट खातामा जम्मा हुनेछ ।

छैटौं वार्षिक साधारण सभाका लागि कम्पनीले पुस १४ गते बुकक्लोज गरेको थियो । बुकक्लोज मिति अनुसार उक्त लाभांश पुुस १३ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ फाल्गुन २०७८, आइतबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।