लगानीकर्ताको धैर्यता टुट्दा शेयर बजारमा पहिरो, तरलता अभावको खबरले प्रभावित

0
Shares

गत सातादेखि उच्च अंकको तीब्र उतारचढाब देखिएको शेयर बजारमा यो साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकको गिरावट आएको छ ।

अर्थमन्त्रीको अभिव्यक्तिले गता साता ५० अंकले बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा बजारको वृद्धि टिकाउ हुन सकेन । यता बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभावका खबरहरु सार्वजनिक भईरहेकाले लगानीकर्ता मनोबल थप खस्केको देखिन्छ । बैंकहरुले नयाँ निक्षेप संकलन गर्न कर्जा प्रवाह गर्न नसक्ने अवस्था आइसकेको बताउन थालेका छन् ।बजारमा उच्च अंकको उतारचढाब भईरहदा लगानीकर्ताहरु झन अन्योलमा परेका छन् ।

बजारमा देखिएको अस्थिरतासँगै लगानीकर्ताहरुको धैर्यता समेत टुट्न थालेको छ । जसले गर्दा बजार केहि बढ्ना साथ उनीहरु शेयर बिक्री गर्न हतारिने गरेका छन् । जसको परिमाण बजारमा तीब्र उतारचढाब हुने गरेको छ । तीब्र गतिको उतारचढाब शेयर बजारका लागि त्यत्ती राम्रो मानिदैंन यसले बजार निकै अस्थिर रहेको र आगामी दिनमा के होला भन्ने आकँलन गर्न समेत कठिनाई हुने गर्छ । बजारमा ठूलो अंकको उतारचढाब हुँदा लगानीकर्ताको जोखिम समेत त्यत्तीनै बढी हुने गर्छ । बजारले साथ दिँदा लगानीकर्ताले गरेको क्षणभरको निर्णयले कमाई पनि हुनेगर्छ भने गुमाउने जोखिम पनि उत्तिकै रहन्छ ।

आइतबार नेप्से १६.०५ अंकले घटेर ११३९.२५ अंकमा झरेको छ । कारोबारमा आएका अन्य समूहको सूचक बाहेक सबै सूचक ओरालो झरेका छन्। बजार ओरालो झरेपछि कारोबार रकम पनि २२ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ।

कर्जा लगानी योग्य रकम अभावको समस्या बल्झदै, बैंकरहरु चिन्तित

सबैभन्दा धेरै शिवम सिमेन्टको एक करोड ८० लाख रुपैयाँको कारोबार भयो । त्यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर मात्रै एक करोड ६५ लाख रुपैयाँको किनबेच भयो । यसदिन सबैभन्दा धेरै वेस्ट फाइनान्सको शेयर मूल्य ४ प्रतिशतले बढेको छ भने रिलायन्स फाइनान्सको सबैभन्दा धेरै ८.३३ प्रतिशतले घटेको छ।