
अजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले चौथो वार्षिक साधारण सभा फागुन ६ गते शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब, आय-व्यय हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरण पारित गरेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले १० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ६०.३३ प्रतिशत वृद्धि गरेको हो । कम्पनीको चौथो वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो ।
कम्पनीले कुल बीमा शुल्क संकलनमा ४८.९८ प्रतिशत वृद्धि गर्दै आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ ।
यस्तै बीमा कोषमा ७९.८२ प्रतिशतले वृद्धि भएर बीमा कोषमा ११ करोड २१ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।
कम्पनीले प्रधान कार्यालय लगायत सातवटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरू, १० बीमा एक्सटेन्सन काउण्टर र तीनवटा तेस्रो पक्ष बीमा काउण्टरहरूबाट सेवा दिइरहेको छ ।
त्यसैगरी कम्पनीले थप २ स्थानमा (ठमेल र टोखा काठमाडौं) शाखा र १ उपशाखा बाग्लुङमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति पाइसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया