खाद्य तथा गुण नियन्त्रण विभागद्धारा दुई कम्पनीमा सिलबन्दी

0
Shares

खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलले गुणस्तरहित अखाद्य वस्तु उत्पादन तथा बिक्री गरेको अभियोगमा दुई कम्पनी सिलबन्दी गरेको छ । विभागले ललितपुरका स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको हो ।

विभागले महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको विशेष टोलीको रोहबरमा दुबै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्च पदार्थहरु नष्ट गरी कम्पनी सिल गरेको हो ।

ललितपुर महानगरपालिका–२७ सुनाकोठी ओखटमा सिन्धुपाल्चोक घर भएका तथा हाल काठमाण्डौको ज्याठा बस्ने ४४ वर्षीय नरबहादुर श्रेष्ठले सञ्चालन गरेको उक्त कम्पनी सिल गरिएको हो ।

ललितपुर सुनाकोठीमा केही व्यक्तिहरुले अखाद्य वस्तुहरु उत्पादन एवं विक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा विभागले कारवार्ही प्रकृया अगाडि बढाएको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुवै कम्पनीले खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति समेत नलिई विगत तीन वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट र म्याद नाघेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

यस सम्बन्धमा खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७८, मंगलबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।