नयाँ सारथी लघुवित्तको लाभांश प्रस्ताव

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको फागुन १० गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल चुक्ता पूँजी २५ करोड ४९ लाख ५४ हजार ४०० रुपैयाँ रहेको लघुवित्त कम्पनीको प्रस्तावित ४ करोड ८४ लाख ४१ हजार २६० रूपैयाँ बोनस सेयर वितरणपछि ३० करोड ३३ लाख ९५ हजार २६० रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६।७७ बाट कम्पनीले सेयरधनीलाई ८.१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।