मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (
MDB) को बोनस सेयर सूचीकृत भएको छ ।
बैंकको चुक्ता पूँजीको १३.३० प्रतिशतले हुन आउने १० लाख ६० हजार ५११ दशमलव ३३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सूचीकृत भएको हो ।
मितेरी डेभलपमेन्ट बैंकको गत पुस २८ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाबाट १३.३० प्रतिशत बोनस बराबरको १० करोड ६० लाख ५१ हजार १२३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ८३८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभाका लागि बैंकले पुस १४ गते बुकक्लोज गरेको थियो । बुकक्लोज मिति अनुसार पुस १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
बैंकको बुधबार सूचीकृत बोनस बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म सेयर अभौतिकीकरण गरेका सम्बन्धीत लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि खरीद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया