हरियो सागपातको मूल्य घट्दो, साग पाँच महिना यताकै सस्तो

0
Shares

हरियो सागपातजन्य तरकारीको मूल्य घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैजसो हरियो सागपातजन्य तरकारीको मूल्य घट्न थालेको हो ।

समितिका अनुसार फागुन ११ गते बुधबार रायोको सागको मूल्य प्रतिकेजी न्यूनतम २० रुपैयाँ तथा औषत २२ रुपैयाँ तोकिएको छ । जुन गत असोज १ गतेको तुलनामा १५० रुपैयाँले कम हो । गत असोजमा रायोको सागको मूल्य प्रतिकिलो न्यूनतम १७० रुपैयाँ र औषत मूल्य १७५ रुपैयाँ रहेको थियो ।

असोजमा अत्याधिक महङ्गिएको हरियो सागपातको मूल्य पछिल्लो समय भने घट्दो क्रममा देखिएको हो रायो मात्र होइन तोरी, पालुङ्गो, चमसुर, जिरी र सौफको सागको मूल्य पनि घटेको छ ।

यस्तै यस अवधिमा पालुङ्गो सागको मूल्य असोज महिनाको तुलनामा प्रतिकिलो २३० रुपैयाँले घटेको छ । असोज १ गते प्रतिकेजी न्यूनतम २८० रुपैयाँ र औषत २९० रुपैयाँमा कारोबार भएको पालुङ्गो साग बुधबार प्रतिकेजी न्यूनतम ५० रुपैयाँ र औषत ५५ रुपैयाँमा खरीद बिक्री भएको समितिले जनाएको छ ।

यस्तै तोरीको सागको मूल्य पनि गत असोजको तुलनामा प्रतिकेजी ५० रुपैयाँले घटेको छ । बुधबारका लागि तोरीको सागको मूल्य ३० रुपैयाँ र औषत ३५ रुपैयाँ कायम गरिएको छ । गत असोजमा तोरीको साग प्रतिकिलो न्यूनतम ८० रुपैयाँ र औषत ८५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्य साग जस्तै चमसुरको मूल्य प्रतिकेजी ५५ रुपैयाँ, जिरी ९५ रुपैयाँ, मेथीको साग ५५ रुपैयाँ र सौफको मूल्य प्रतिकेजी ५५ रुपैयाँ कायम गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार  १८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।