एलआईसीको २१ प्रतिशत लाभांश पारित

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (LICN) को बुधबार सम्पन्न १९ औ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २१ प्रतिशत लाभांश पारित गरेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष एमआर कुमारको सभापतित्वमा भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो ।

सभाले संस्थापक सेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

यस्तै बोनस सेयर वितरणपछि कायम हुने पूँजी वृद्धिका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षण समितिको प्रस्तावित आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अध्यक्ष एमआर कुमारले प्रस्तुत गरेको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६।७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गरेको छ ।

यस्तै कम्पनीको हालको अधिकृत पूँजी तथा, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेकाे छ ।

१९ औ वार्षिक साधारण सभाबाट पारित भएको लाभांश माघ २३ गतेसम्म कायम सेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् । साधारण सभा तथा लाभांशवितरण प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुकक्लोज गरेको थियो ।

हाल कम्पनीकाे चुक्ता पूँजी चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ छ । यसबाट कम्पनीले २० प्रतिशतका दरले हुन आउने ४४ करोड २२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेकाे हाे । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।