निजी वायुसेवा कम्पनीले उडान भर्न सुरु गरेपछि घट्यो नेपाल–भारत उड्यन भाडा

0
Shares

निजी वायुसेवा कम्पनी इन्डिगो र भिस्ताराले उडान भर्न सुरु गरेपछि काठमाडौं–दिल्लीको उडान भाडा सस्तो भएको छ ।

कोभिडको समयमा दुईतर्फी भाडा खर्च १ लाख भन्दा धेरै लाग्ने गथ्र्यो भने अहिले १८ हजार मात्रै लाग्ने गरेको छ ।

कोभिडको समयमा एयर बबल सम्झौता अनुसार नेपाल वायुसेवा निगम र एयर इन्डियाले हप्तामा सात/सात वटा मात्रै उडान भर्दै आइरहेका थिए ।

पछिल्लो समयमा एयर बबल सम्झौता संसोधन गरेपछि निजी वायुसेवा कम्पनीहरुले उडान भर्न सुरु गरेका छन् । त्यस लगत्तै हप्तामा २८–२८ वटा उडानहरु भइरहेका छन् ।

सन् २०२० मा कोभिड संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय वायु सेवा निगमहरुको उडानमा प्रतिबन्ध लगाइएको थियो । दुई वर्षपछि सन् २०२२ को फेब्रुअरी १६ बाट निजी अन्तराष्ट्रिय वायुसेवा कम्पनीले आफ्नो सेवा पुन सुचारु गरेका छन् । तत्कालै एयर इन्डियाको स्वामित्व टाटा गु्रपले लिएपछि उडान र उडान खर्चमा कमी आएको हो । टाटाकै स्वामित्वमा रहेको भिस्तारा एयरलाइन्सले दिल्ली–काठमाडौं–दिल्लीको लागि हवाई भाडादर साढे १८ हजार निर्धारण गरेपछि प्रतिस्पर्धा बढेको हो ।

नेपाल एयरलाइन्स, एयर इन्डिया, इन्डिगो, भिस्ताराले दिल्लीमा मात्रै नभई बैंगलोर, मुम्बई, कोलकत्ता लगायतका अरु गन्तव्यमा पनि उडान सुरु गर्न लागेको निगमकी प्रवत्ताले बताएकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।