अब इसेवाबाटै अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने, क्याप्टेन लामा ब्राण्ड एम्बेसेडर नियुक्त

0
Shares

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक मोबाइल वालेट इसेवाबाट अब अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने भएको छ ।  कम्पनीले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसअघि इसेवाबाटै आन्तरिक मात्र टिकट काट्न सकिने व्यवस्था रहेकोमा अबदेखि अन्तर्राष्ट्रिय हवाइ टिकट काट्ने व्यवस्थाको औपचारिक सुरुवात गरेको हो ।

यस अघि इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने सकिन्थ्यो । तर अब भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट पनि काट्न मिल्ने भएको हो ।  यो सेवाले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय टिकटहरु काट्न मिल्ने, समयको बचत हुने तथा रियल टाइममै टिकट सकिने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले पारदर्शीताका साथ आन्तरिक हवाइको टिकट काटेको लामो अनुभवले त्यो आवश्यकता अन्तर्राष्ट्रिय हवाइ टिकटमा पनि महसुस गर्दै यो सेवा सञ्चालन गरिएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले बताएका छन् ।  “इसेवाको एप्लिकेसन भित्रै अन्तर्राष्ट्रिय हवाइ टिकट खरिद गर्ने व्यवस्था मिलाएका छौं” सापकोटाले भने “जसले यात्रुलाई मात्र नभइ नेपालमा हवाइ सेवा सञ्चालन गर्ने विभिन्न संस्थाहरुलाई व्यवसाय गर्न सहजता थप्ने छ ।”

साथै इसेवासँग काम गर्ने ट्राभल्स एण्ड टुर्सलाई पनि सहज हुने र यो सेवाले थप सहजतता प्रदान गर्ने विश्वास रहेको उनले बताए ।

यसैगरी क्याप्टेन विजय लामालाई इसेवा ट्राभल्स एण्ड टुर्सको ब्रान्ड एम्बेसेडरका रुपमा नियुक्त गरिएको छ । इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र क्याप्टेन लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

लामाले आफु एम्बेसेडरमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै भने “यो सेवाले नेपालको सबै हवाइ क्षेत्रलाई फाइदा हुन्छ । यसरी इसेवामा आवद्ध भएर आगामी दिनहरुमा नेपाली यात्रुहरुको ट्राभल सहज बनाउनका लागि जुन कार्यक्रम यो एपद्धारा प्रयोग भइरहेको छ, यसको निम्ती इसेवाले रिप्रिजेन्ट गरेर आउँन पाउँदा खुसी छु ।”

उडान क्षेत्रमा करिब ४ दशक बिताइसकेका क्याप्टेन लामालाई एम्बेसेडरका रुपमा नियुक्ती गर्न पाउँदा कम्पनीले पनि खुसी व्यक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।