
प्रभु बैंक लिमिटेड (PRVU)को १२ प्रतिशत बोनस सेयर वितरण भएको छ । उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो ।
पुस ४ गतेसम्म सेयर डिम्याट गराएका लगानीकर्ताको सम्बन्धित सेयरधनीको डिम्याट खातामा नै बोनस सेयर जम्मा गरिएको हो ।
बैंकको पुस १८ गते सम्पन्न साधारण सभाले उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सभाले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकले हालसम्म सेयर डिम्याट नगरेका सेयरधनीहरुलाई बोनस पाउन सेयर पाउन आफूसँग भएको भौतिक सेयर प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) गर्न समेत अनुरोध गरेको छ । पुस ४ गतेपछि सेयर डिम्याट गर्ने लगानीकर्ताहरुको बोनस सेयर क्रमश वितरण गर्दै जाने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया