सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढ्यो

0
Shares

रुस र युक्रेनबीचको युद्धका कारण पहेँलो धातु सुनको भाउ यो साता तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ । सुनसँगै यो साता चाँदीँको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार फागुन १३ गते शुक्रबारसम्म सुनको भाउ बढेर ९८ हजार रुपैयाँ पुगेको हो ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीँको भाउ पनि ३० रुपैयाँ बढेर १ हजार ३३५ रुपैयाँ पुगेको छ ।

गत शुक्रबार अर्थात फागुन ६ गते सुन प्रतितोला ९६ हजार रुपैयाँ ५०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा शनिबार बाहेक आइतबारदेखि शुक्रबारसम्म ६ दिन सुनचचाँदीको भाउ तोकिने गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ गरी २ वटा सुनचाँदी व्यवसायीहरुले नेपालमा कारोबार हुने सुनको भाउ तोक्ने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७८, शनिबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।