आइतबार सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि घट्यो

0
Shares

सुनचाँदीको मूल्यमा आइतबार भारी गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार १०० रुपैयाँ तोकिएको छ ।

शुक्रबार पनि सुन प्रतितोला १ हजार रुपैयाँले घटेर छापवाला सुन ९८ हजार रुपैयाँ र तेजावी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी तोलामा ४० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८८९ डलर तथा चाँदी प्रतिऔंस २४.२५ डलरमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७८, आइतबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।