नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम एक वर्षका लागि ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीमा लगानी गर्न लागिएको हो ।
वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुमा १ करोड २५ लाख रुपैयाँ मुद्दती निक्षेप जम्मा गरिने सूचनामा उल्लेख छ ।
मुद्दती निक्षेपका रुपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आफुले स्वीकार गर्ने रकम तथा ब्याजदर खुलाएर राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते दिउँसो ३ बजेसम्म राष्ट्र बैंकमा इमेल मार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ । उक्त रकम २०७८ चैत १ गतेदेखि २०७९ फागुन ३० गतेसम्म ३६५ दिनका लागि राखिन लागिएको हो ।
राष्ट्र बैंकले प्रकाशन गरेको पूरा सूचना हेर्न तलको लिङ्क प्रयोग गर्नुहोस्
निक्षेप लिने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले केही शर्त समेत तोकेको छ । जसअनुसार मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ ।
यस्तै खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, यसैगरी रियल स्टेट कर्जा राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने लगायतका शर्त रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया