ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) को बोनस सेयर पाउन कर तिर्नुपर्ने भएको छ । लघुवित्तका सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ ।
लघुवित्त कम्पनीले साधारण सभाका लागि सेयरधनी दर्ता किताब बन्द भएको मितिसम्म अभौतिक रुपमा कायम रहेका सेयरधनीहरुलाई कर वापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीको गत मंसिर २८ मा सम्पन्न साधारण सभाले आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस सेयरको कर प्रयोजनका लागि लघुवित्तले नगद लाभांश वितरणको प्रस्ताव नगरेकाले बोनसको पाँच प्रतिशतले हुन आउने कर रकम भने लगानीकर्ता स्वंयमले तिर्नुपर्ने भएको हो ।
बोनसको कर वापतको रकम ग्लोबल आइएमई बैंक शाखा कार्यालय पोखरा न्यूरोडमा रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको खाता नम्बर आई २०१०१ ००००३७० मा जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ ।
लघुवित्तले साधारण सभाका लागि मंसिर १४ गते बुकक्लोज गरेको थियो । यसअनुसार मंसिर १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहेका लगानीकर्ताले मात्र उक्त कर तिरेपछि बोनस पाउनेछन् ।
साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई यस वित्तीय संस्थाले प्राप्ति गरी २०७८ बैशाख ०८ गतेदेखि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ भएकाले सो मितिभन्दा अघिदेखि नै सेयर धारण गरिरहेका लगानीकर्ताले भने मर्जर समाप्त भएको २ वर्षसम्म कर छुट पाउनेछन् । तर २०७८ बैशाख ०८ गतेपछि २०७८ मंसिर १३ गतेसम्म सेयर खरीद गरीब बोनस पाउन योग्य लगानीकर्ताले भने आयकर ऐन, २०६३ को दफा ७४ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर बापतको रकम शेयरधनी स्वयले नै तिर्नुपर्ने भएकोले आर्जित बोनस सेयरमा लाग्ने लघुवित्तले स्पष्ट पारेको छ ।
कर बापतको रकम लघुवित्तको नाममा रहेको बैंक खातामा जम्मा गरी सो को भौचर लघुविको इमेल ठेगाना आरटिएसडटजिआईएलबीएटदिरेटजीमेलडटकम मा पठाएपछि बोनस सेयर हितग्राही खातामा पठाइने सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया