समयमै मेलम्ची खानेपानी ल्याउन सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

0
Shares

खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले तोकिएको समयभित्रै काठमाडौं उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी मन्त्रालयले कामलाई तीव्रता दिएको बताएका हुन् ।

“वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै बाढी, पहिरोका कारण क्षति पुगेको मेलम्ची खानेपानी आयोजना चाँडो सम्पन्न गर्ने बताइसक्नुभएको छ, मेलम्ची खानेपानीको व्यवस्थापनमा ढिलाइ हुँदैन”, उनले भने ।

मन्त्री चौधरीले खानेपानी महसुल निर्धारण आयोग केही दिनभित्रै गठन गर्ने बताए । उनले सो आयोगअन्तर्गत रहेर सरकारले आमनागरिकलाई अझै सर्वसुलभ ढङ्गले खानेपानी व्यवस्था गर्न लागेको उल्लेख गरे । मन्त्री चौधरीले ‘एक घर, एक धारा’ कार्यक्रम देशभर विस्तार गर्न सरकार लाग्ने स्पष्ट पारे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७८, आइतबार  १८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।