नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार तीन वाणिज्य बैंकको ६ करोड ३३ लाख ३३ हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कर्मसियल बैंकको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
स्टकका अनुसार कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९ दशमलव ६०४५ कित्ता, सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६ दशलमव ३६ कित्ता र प्राइम कर्मसियल बैकको २ करोड ५७ लाख ३२ हजार ८५९ दशमलव ०४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कृषि विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशत, सिद्धार्थ बैंकको पुस ३० गते सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १४.२५ प्रतिशत र प्राइम कर्मसियल बैंकले पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
आइतबार सूचीकृत भएको तीनवटै वाणिज्य बैंकको बोनस सेयर सम्बन्धीत बैंकले साधारण सभाका लागि गरेको बुकक्लोजको अघिल्लो दिनसम्म अभौतिक रुपमा (डिम्याट) सेयर धारण गरेका लगानीकर्ताको हितग्राही खातामा आएपछि सेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।
कृषि विकास बैंकले पुस १६ गते शुक्रबार, सिद्धार्थ बैंकले पुस १८ गते आइतबार र प्राइम कमर्सियल बैंकका लगानीकर्ताले मंसिर २२ गते बुधबार साधारण सभाका लागि बुकक्लोज गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया