
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा २६ लाख वटा आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार साँझ ५ः०५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदन परेको हो । उल्लेखित संख्याबाट सर्वसाधारणमा जारी भएको सेयरको ३८.८८ गुणा बढी अर्थात तीन अर्ब १ करोड बढीको सेयर माग भएको छ ।
प्रारम्भिक तथ्याङ्कबाट नै ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता सेयर खरीदका लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणबाट ७ लाख ७४ हजार ५६३ कित्ताको माग गरेको थियो । सर्वसाधारणबाट माग भएको तुलनामा ३८.८८ गुणा बढीको माग परेको छ ।
लघुवित्तले फागुन ११ गते बुधबारदेखि फागुन १५ गते आइतबारसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर लघुवित्तका कर्मचारीहरुलाई लागि र सर्वसाधारणका लागि छुट्टाएको सेयरको ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि सुरक्षित गरीएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया