साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङमा सेयर बजार सकारात्मक भएको छ । आइतबार संघीय संसदबाट अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) प्रस्ताव अनुमोदन भएपछि सेयर बजारमा सकारात्मक माहोल बनेको हो ।
आज कारोारमा आएका अधिकांश कम्पनीहरुको सेयरमूल्य बढेपछि नेप्से सकारात्मक बनेको हो । कारोबारमा आएका २६ मध्ये २० कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा नेप्से सूचक ८.५५ अंकले बढेर २६६२.२६९ बिन्दुमा पुगेको छ । यस अवधिमा २६ कम्पनीका २५ हजार ७७ कित्ता सेयर १८२ वटा संख्यामा १ करोड २४ लाख २५ हजार ४५५ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया