
सेयर बजार परिसूचक मापक नेप्से सोमबार १.६२ प्रतिशत अर्थात ४३.१२ अंकले घटेर २६१०.५८ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ६.६४ अंकले घटेर ५००.२१ बिन्दुमा झरेको छ ।
ओरालो यात्रामा निरन्तरता देखिएको सोमबारको बजारमा कूल २२७ वटा कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रूपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको छ । हाइड्रोपावर सबैभन्दा धेरै ३.०९ प्रतिशतले घट्दा, ब्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र लगानी सूचक पनि २ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार अपि पावर कम्पनी लिमिटेड कारोबारमा अब्बल देखिएको छ । अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक १६ करोड ९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै अरुण भ्याली हाइड्रोपावर १४.९४ करोड, हिमालयन डिष्टिलरी १३.३६ करोड, अपर तामाकोशी १३.१८ करोड, नेशनल हाइड्रोपावर १२.२४ करोड, नेपाल लाइफ इन्स्योरेन्स ११.५२ करोड, युनिभर्सल पावर ११.१८ करोड, नेपाल टेलिक १०.९६ करोड, शिवम् सिमेन्ट ९.५० करोड र अरुण काबेली पावरको ९.०६ करोडको कारोबार भएको छ ।
.jpg)
आज ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक २ प्रतिशतले बढेर एक हजार २० रूपैयाँ पुगेको छ । सनराइज ब्लूचिप फण्ड, लक्ष्मी इक्वीटी फण्ड, र तारागाउँ रिजेन्सी होटलको १ प्रतिशतले मूल्य घटेको छ ।
उता अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) प्रस्ताव अनुमोदन भएपछि हाइड्रोपावरमा उछाल आउने भन्दै बाठा लगानीकर्ताले नयाँ तथा सोझा लगानीकर्तालाई आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिएका छन् । आज सेयरमूल्य घट्नेमा अधिकांश हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् ।
आज सामलिङ्ग पावर कम्पनी लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेड गरी २ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सामलिङ्ग पावरको सेयर ७११ र तेह्रथुम पावरको ७०९ रुपैयाँमा झरेको छ । दिब्यश्वरी हाइड्रोपावर ८.५५ प्रतिशत, मैलुङ्ग खोला जलविद्युत, न्यादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर लिमिटेडको ६ प्रतिशत बढीले मूल्य घटेको छ ।
नेप्से घटेसँगै आज कुल बजार पूँजीकरण ३६ खर्ब ९७ अर्ब ६० करोड १९ लाख रुपैयाँमा खुम्चिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया